अठहत्तर प्रशिक्षार्थी–पत्रकारलाई प्रमाणपत्र

  • Home
  • अठहत्तर प्रशिक्षार्थी–पत्रकारलाई प्रमाणपत्र

अठहत्तर प्रशिक्षार्थी–पत्रकारलाई प्रमाणपत्र


Nepal Press Institute

 

काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले गत असारमा सञ्चालन गरेको एक साता लामो डिजिटल पत्रकारिता तालिमका सहभागी ७८ प्रशिक्षार्थी पत्रकारलाई बुधबार एक समारोहका बीच प्रमाणपत्र प्रदान गरियो ।

 

काउन्सिलको सञ्चारग्रामस्थित कार्यालयको सभाहलमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षता तथा नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी पत्रकारलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

 

‘प्रेस काउन्सिल सिकारु तथा कार्यशील पत्रकारको क्षमता अभिवृद्धिका लागि सदा समर्पित छ, यस प्रयोजनका लागि नेपाल प्रेस इन्ष्टिच्यूटजस्ता पत्रकारिता तालिममा विशेष दक्षता हासिल गरेका संस्थाका साथ सहकार्य गर्दै काम गर्नपाएकोमा हामीलाई प्रसन्नताको अनुभूति हुन्छ’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

 

नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष कोइरालाले झण्डै चार दशक लामो संस्थाको इतिहास स्मरण गर्दै देशभरका करिब पाँच हजार व्यक्तिलाई तालिम प्रदान गरेर पत्रकार बनाएको जानकारी दिनुभयो । ‘काउन्सिलले इन्ष्टिच्यूटलाई नियमित रुपमा काम दिंदै आएको छ, यसका लागि म संस्थाका तर्फबाट हार्दिक आभार प्रकट गर्दछु’ अध्यक्ष कोइरालाले भन्नुभयो ।

 

कार्यक्रममा इन्ष्टिच्यूटका तालिम प्रमुख कपिल काफ्ले र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल तथा तालिममा सहभागी विद्यार्थीका तर्फबाट सुनिता आचार्य र मिलन राईले पनि सम्बोधन गर्नुभएको सो कार्यक्रममा डिजिटल पत्रकारिता तालिम अत्यन्त सामयिक र उपयोगी भएको निष्कर्ष निकालिएको थियो ।

 

Nepal Press Institute

 

Nepal Press Institute

 

Nepal Press Institute