Dinesh Acharya

  • Home
  • Dinesh Acharya

Dinesh Acharya

१० महिने ३१ औं समूह (प्रथम)
Dinesh Acharya - nepal press institute

नेपालको सबैभन्दा पुरानो पत्रकारिता

पत्रकारिता अध्यापन केन्द्र नेपाल प्रेस ईन्स्टिच्युटको विद्यार्थी भएकोमा सदैव गर्व अनुभव गर्दछु । यस ईन्स्टिच्युटमा नेपालका बरिष्ट पत्रकारहरुले अध्यापन गराउने हुँदा लेखन शैलीको निकै नै राम्रो तरिकाले बिकास हुने गर्दछ, साथै उहाँहरुको अनुभवले निकै नै सकारात्मक उर्जा प्रदान गर्दछ । रेडियो, टेलिभिजन, छापा र अनलाईन पत्रकारिताको समग्र अध्ययन गराईने भएकाले विद्यार्थीहरुले यसबाट निकै नै लाभ लिन सक्छन् । यसका साथै विद्यार्थीहरुलाई समयसमयमा बिभिन्न सञ्चारमाध्यममा गराईने भ्रमण र इन्टर्नसिपका लागि नेपालका प्रतिष्ठीत सञ्चारमाध्यममा दिईने मौका निकै नै फलदायी हुने गर्दछ । बेलाबेलामा बिभिन्न बिदेशी प्रशिक्षकहरुले समेत अध्यापन भ्रमण गर्ने हुँदा यस नेपाल प्रेस ईन्स्टिच्युट पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म हुनसक्छ ।