नेपाल प्रेस इन्ष्टिच्यूटमा भर्ना खुल्यो

  • Home
  • नेपाल प्रेस इन्ष्टिच्यूटमा भर्ना खुल्यो

नेपाल प्रेस इन्ष्टिच्यूटमा भर्ना खुल्यो


१० महिने पत्रकारिता तालिम, ३७औं समूहको कार्यक्रम
१. पहिलो ६ महिना सघन तालिम, तालिमको समय बिहान ७.३० देखि ९.३० सम्म दुई घण्टा, हप्तामा पाँच दिन, पछिल्लो चार महिना मिडिया हाउसमा आवद्ध गराएर प्रयोगात्मक अभ्यास ।
२. तालिम दूर प्रविधिको प्रयोग गरेर जुम। गुगल मिटबाट सञ्चालन गरिने, स्वदेश वा विदेशको कुनै कुनामा रहेका व्यक्तिले तालिममा सहभागी हुनसक्ने ।
३. तालिमको भाषा नेपाली र अंग्रेजी ।
४. तालिम शुल्क जम्मा रु. २५,००० (पच्चीस हजार रुपियाँ मात्र) ।
५. तालिममा प्रवेश पाउन न्यूनतम योग्यता १२ कक्षा उत्तीर्ण वा सो बराबरको शैक्षिक योग्यता खुलाई निवेदन फाराम भर्नुपर्नेछ । तालिममा प्रवेशका लागि निवेदकले टेलिफोनिक अन्तर्वार्ता दिनुपर्नेछ । अन्तर्वार्तामा उत्तीर्ण भएका निवेदकलाई एनपिआईले बैंक खाता नम्बर उपलव्ध गराउने छ । त्यसमा शुरुमा कम्तीमा रु. १०,००० जम्मा गरेपछि भर्नाको प्रक्रिया पूरा हुनेछ ।
६. भर्ना प्रक्रिया २०७८ असार १० गतेभित्र पूरा गरिसक्नुपर्ने छ ।
७. पहिलो कक्षा असार १७, जुलाई १ बिहान ७.३० देखि शुरु हुनेछ ।

सम्पर्क
तालिम संयोजक
(९८५१०७२३५३ /patrakarita.khoj@gmail.com)
नेपाल प्रेस इन्ष्टिच्यूट
भीमसेनस्थान, काठमाडौं ।